News

Date: Jan 10, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीले माफी मागेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार बिहानै विज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्ममी व्यवसायीसामु माफी मागेका छन् । विज्ञप्तिमा भनिएको छ।  ढिलै भए पनि सत्यको जित भएको छ । हाम्रो पार्टी सभापति एवं पूर्व गृहमन्त्री माननीय रवि लामिछाने ज्यू मिति २०८१ कार्तिक २ गतेबाट विगत ८४ दिन देखी विना कसूर सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएको थियो । सम्मानित कास्की जिल्ला अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाई गर्ने आदेश दिएको छ । सम्मानित कास्की जिल्ला अदालतको यो आदेशप्रति हामी हार्दिक आभार, कृतज्ञता सहित उच्च सम्मान व्यक्त गर्दछौँ । ढिलै भएपनि आखिर सत्यको जित, न्यायको जित भएको छ । उहाँको रिहाईका लागी, न्यायका निम्ती आजका दिन सम्म विभिन्न मध्यमबाट आफ्नो ज्यानको समेत प्रवाह नगरीकन आन्दोलित पार्टीका सम्पूर्ण साथीहरू, शुभचिन्तक समर्थक, न्यायप्रेमी जनसमुदाय र पत्रकार मित्रहरू प्रति धन्यवाद सहित हार्दिक आभार, कृतज्ञता प्रकट गर्दछौँ । साथै आन्दोलन, धर्ना विधानसभाको क्रममा आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्ममी व्यवसायीलाई पर्न गएको असुविधा प्रति पार्टीको तर्फबाट क्षमा याचना गर्दछौँ । धन्यबाद, जयदेश, जयघण्टी ।

John Doe
12345 123

Leave a comment

Advertisement

Newsletter

Aliqu justo et labore at eirmod justo sea erat diam dolor diam vero kasd

Lorem ipsum dolor sit amet elit
Get In Touch

123 Street, New York, USA

+012 345 67890

info@example.com

Follow Us
Flickr Photos

© Your Site Name. All Rights Reserved. Design by HTML Codex